सानिमा बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

हिमाल प्रेस १४ चैत २०७९ १६:०० | Tuesday, March 28, 2023
सानिमा बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ- सानिमा बैंकले देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ। बैंकले ‘ग्लोबल मनी वीक २०२३’को अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरताका कार्यक्रम गरेको हो। चैत ६ गतेदेखि १२ गतेसम्म गरिएको कार्यक्रममा विभिन्न ठाउँमा बैंकका कर्मचारीलाई तीन दिन तालिम दिइएको थियो।

तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपयोगिता र उद्देश्यबारे जानकारी गराइएको थियो। साथै बैंकका अन्य शाखाहरूमार्फत विभिन्न स्कुल तथा कलेजहरूमा बैंकिङ साक्षरतासम्बन्धी कार्यक्रम पनि गरिएको बैंकको भनाइ छ। ग्लोबल मनी वीक २०२३को नारा ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’मा केन्द्रित रहेर कार्यक्रम गरिएको बैंकले बताएको छ।

बैंकले विगतदेखि नै सातै प्रदेशहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरूमार्फत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू गर्दै आएको छ।

प्रकाशित: १४ चैत २०७९ १६:०० | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast