सर्लाहीबाट साढे १७ लाखको अवैध सामान बरामद

हिमाल प्रेस १३ चैत २०७९ ७:०९ | Monday, March 27, 2023

सर्लाही- प्रहरीले सर्लाहीका विभिन्न ठाउँबाट साढे सत्र लाख रुपैयाँ भन्दा धेरै मूल्यको अवैध सामान बरामद गरेको छ।

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा ब्रम्हपुरी गाउँपालिका–४ र बलरा नगरपालिका–२ बाट १७ लाख ६४ हजार रुपैयाँ मूल्य पर्ने कपडासहितका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सामान बरामद गर्ने क्रममा प्रहरीले प्रदेश २–०२–००१–ह०९४३ नम्बरको अटो पनि बरामद गरेको छ।

बरामद सामान आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय मलंगवामा पठाइने डीएसपी कैलाश राईले जानकारी दिए।

प्रकाशित: १३ चैत २०७९ ७:०९ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast