सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौँ : प्रधानमन्त्री दाहाल

हिमाल प्रेस १७ चैत २०७९ १४:५५ | Friday, March 31, 2023
सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौँ : प्रधानमन्त्री दाहाल फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विस्तारपछि इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने बताएका छन्। शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

‘आज मन्त्रिपरिषद बिस्तार भएपछि सरकारका कामले गति लिन्छ। यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु। केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु’ उनले भने।

सो अवसरमा प्रधानमन्त्रीले वामपन्थी विचार बोक्ने कर्मचारीहरू अरूभन्दा इमान्दार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने बताउँदै त्यसका लागि प्रतिस्पर्धा गर्न कर्मचारीहरूलाई आग्रह गरे।

प्रकाशित: १७ चैत २०७९ १४:५५ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast