शोभित बस्नेतको फिल्म ‘जय हो’बन्ने

हिमाल प्रेस ३ चैत २०७९ ११:३१ | Friday, March 17, 2023
शोभित बस्नेतको फिल्म ‘जय हो’बन्ने

काठमाडौँ- टेक पौरखी राईको निर्देशनमा नेपाली फिल्म ‘जय हो’ बन्ने भएको छ।
शोभित बस्नेत प्रस्तुति रहने फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दीपा शाक्य श्रेष्ठ, सुबी मगर, सुमिन गुरुङलगायत कलाकारको अभिनय रहनेछ।

बिहीबार निर्माण टिमले जानकारी दिँदै फिल्मको छायाँकन यही चैत ५ गतेदेखि सुरु हुने छ। छायाँकन मुस्ताङ र पोखरामा गरिने निर्माण टिमले जनाएको छ।

निर्माण टिमले आगामी भदौ ८ गते फिल्म प्रदर्शन गर्ने जानकारी दिएको छ।
सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममा सौरभ लामाले छायांकन गर्नेछन्। कमेडी, एक्सन र लभस्टोरी जनरामा बन्ने फिल्ममा कबिराज गहतराज र रामजी लमिछानकोे कोरियोग्राफी रहनेछ।

सलोन सलिना फिल्म्स्को ब्यानरमा निर्माण हुने फिल्ममा गायक शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहने जनाइएको छ।

प्रकाशित: ३ चैत २०७९ ११:३१ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast