वीरेन्द्रनगरमा कृषकको वर्गीकरण

हिमाल प्रेस १० चैत २०७९ १३:४० | Friday, March 24, 2023
वीरेन्द्रनगरमा कृषकको वर्गीकरण

सुर्खेत- वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ को कार्यालयले कृषकहरूको वर्गीकरण गरेको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरी वडामा रहेका १७६ कृषकहरूलाई काम र उत्पादन गरेको आधारमा चार वर्गमा विभाजन गरेको हो।

क वर्गमा १५ जना, ख वर्गमा २६ जना, ग वर्गमा ४७ जना र घ वर्गमा ८८ जना कृषकलाई वर्गीकरण गरेको वडाध्यक्ष जनकबहादुर रावलले जानकारी दिए।

कार्यक्रममा स्रोतमै फोहोरको न्यूनीकरणका लागि कौसी खेतीमा संलग्न घरधुरीहरूलाई कृषि सामग्री वितरण गरिएको छ। वडाले करिब दुई लाख बराबरका कृषि सामग्री वितरण गरेको हो।

वडाले क वर्गका कृषकलाई पाँच केजीको कोकोपिट, एक बोरा मल, झारी, कुटो, ठूलो ग्रोब्याक १२ थान, सानो ग्रोब्याक १२ थान, ख वर्गकालाई कोकोपिट पाँच केजी, एक बोरा मल, एक थान कुटो, ठूलो र सानो ग्रोब्याक १०र१० थान वितरण गरिएको छ।

यस्तै ग वर्गकालाई कोकोपिट १ केजी २ सय ग्राम, एक थान कुटो, ठूलो ग्रोब्याक पाँच थान तथा घ वर्गका कृषकलाई एक थान कुटो, सानो ग्रोब्याक पाँच थान र कोकिपिट ६ सय ५० ग्राम वितरण गरिएको वडाध्यक्ष रावलले जानकारी दिए।

कार्यक्रममा नगर उपप्रमुख निलकण्ठ खनालले कौसी खेतीलाई थप सहयोग र व्यवस्थित बनाउन ‘मेयरसँग कृषक कार्यक्रम’ छिट्टै लागू गर्ने तयारी गरिएको बताए।

कार्यक्रममा वडाध्यक्ष रावलले कौसीखेती प्रवर्द्धन गर्नका लागि वडाको तर्फबाट सहयोग गर्ने बताए।

प्रकाशित: १० चैत २०७९ १३:४० | Friday, March 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast