लोसपाले प्रधानमन्त्रीलाई विश्‍वासको मत दिने, सत्तापक्षको बेन्चमा बस्‍ने

हिमाल प्रेस ५ चैत २०७९ १६:२१ | Sunday, March 19, 2023
लोसपाले प्रधानमन्त्रीलाई विश्‍वासको मत दिने, सत्तापक्षको बेन्चमा बस्‍ने

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ।

लोसपाको आइतबार (आज) बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो। लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको छ।

‘पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ। विश्वासको मत दिएपछि सरकारमा सहभागी हुने बाटो खुल्नेछ,’ उनले भने।

बैठकले आफ्नो दलका सांसदहरू संसदमा सत्तापक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ। यसअघि लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि प्रतिपक्षी बेन्चमा बसेको थियो। लोसपाकोतर्फबाट प्रतिनिधिसभामा ४ सांसद छन्।

प्रधानमन्त्री प्रचण्डले सोमबार दिनको १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ।

प्रकाशित: ५ चैत २०७९ १६:२१ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast