लिङ्देनको प्रश्न : गणतन्त्रमा राजावादी हुने छुट छैन?

हिमाल प्रेस १५ चैत २०७९ १६:२७ | Wednesday, March 29, 2023
लिङ्देनको प्रश्न : गणतन्त्रमा राजावादी हुने छुट छैन?

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार मुठभेडतर्फ जान लागेको हो भन्दै प्रश्न गरेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याजीपीडितको आन्दोलनमा ऐकेबद्धता जनाउन मंगलबार माइतीघर पुगेका राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीविरुद्ध सत्तापक्षका कार्यकर्ताले दुर्व्यवहार प्रयास गरेकोप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन्।

‘एउटा जिम्मेवार दलको जिम्मेवार नेता पीडितहरूसँग ऐकेबद्धता व्यक्त गर्न जाँदा सत्तापक्षका कार्यकर्ताबाट हाम्रो प्रमुख सचेतकमाथि जुन प्रकारको दुर्व्यवहार गर्ने प्रयास गरियो, म त्यसको घोर निन्दा र भर्त्सना गर्दछु,’ लिङ्देनले सरकारलाई प्रश्न गर्दै भने, ‘के सरकार मुठभेडतर्फ जान खोजेको हो? के यो गणतन्त्रमा राजवादी हुने छुट कुनै नागरिकलाई छैन?’

उनले मुठभेड निम्त्याउन अग्रसर नहुन सरकारलाई आग्रह गरे। मिटरब्याजीपीडितको समस्या ढाकछोप नगर्न र समाधान गर्न उनको आग्रह छ। मंगलबार राप्रपाका सांसद शाही मिटरब्याजीको आन्दोलनमा समर्थन गर्न जाँदा उनीविरुद्ध नाराबाजी भएको थियो।

प्रकाशित: १५ चैत २०७९ १६:२७ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast