 
                             
                                            पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका १३ का ३० वर्षका कृष्ण हमाल रहेका छन्।
प्रहरीका अनुसार उनको कोठाबाट नर्फिन २०७ एम्पुल, डाइजेपाम २०७ एम्पुल र फेनेरागन २०७ एम्पुल गरी कुल ६२१ एम्पुल लागुऔषध बरामद भएको हो।
कास्की प्रहरी र लागुऔषध नियन्त्रण व्युरोको पोखरा शाखाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका हमालमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
                            प्रकाशित: ८ चैत  २०७९ ८:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 