लडाकुलाई रकम बाँड्ने निर्णय गरेको भन्दै राप्रपाको विरोध

हिमाल प्रेस ९ चैत २०७९ ७:२१ | Thursday, March 23, 2023
लडाकुलाई रकम बाँड्ने निर्णय गरेको भन्दै राप्रपाको विरोध

काठमाडौँ- पुरानो हिसाब नदेखाई फेरि लडाकुलाई रकम बाँड्ने निर्णय सरकारले गरेको भन्दै राप्रपाले उक्त निर्णयप्रति आपत्ति जनाएको छ।

राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले देशको अर्थतन्त्र धरापमा पर्दै गएका बेला अयोग्य लडाकुको नाममा ठूलो रकम वितरण गर्ने सरकारको निर्णय आर्थिक अराजकताको पराकाष्ठा भएको भन्दै खबरदारी गर्न सबैलाई आह्वान गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रालय बाँडफाँटका लागि बुधबार बेलुकी बसेको १० दलको बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले माओवादीका अयोग्य लडाकुलाई २ लाख राहत दिने मन्त्रिपरिषद्को निर्णयबारे कांग्रेसलाई कुनै जानकारी नभएको बताए।

प्रकाशित: ९ चैत २०७९ ७:२१ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast