राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

हिमाल प्रेस १७ चैत २०७९ ९:५५ | Friday, March 31, 2023
राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्।

मन्त्रीमण्डल विस्तारपछि आजै शपथ गराउने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यसअघि शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका हुन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार शुक्रबार ३ बजे मन्त्रीहरूको शपथ गराउने तयारी रहेको छ।

प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा नाम बुझाएपछि सोही अनुसार शपथ लगायतको व्यवस्थापन राष्ट्रपति कार्यालयले गर्नुपर्ने भएकाले प्रधानमन्त्री शीतलनिवास गएको बुझिएको छ।

प्रकाशित: १७ चैत २०७९ ९:५५ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast