काठमाडौँ- लुम्बिनी विकास बैंकले पोखराको रामबजारमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ। बैंकले सोमबार एक कार्यक्रमका बीच पोखरा महानगरपालिका-१० स्थित रामबजारमा एटीएमको सुरुवात गरेको हो। उक्तमार्फत स्थानीयस्तरमा थप सहज बैंकिङ सुविधा पु¥याइने बैंकले जानकारी दिएको छ।
एटीएमको उद्घाटन पोखरा महानगरपालिका– १५का वडाध्यक्ष तोरणबहादुर बानियाँले गरे। एद्घाटन कार्यक्रममा बैंक सञ्चालक रामचन्द्र सिग्देल, पूर्वअध्यक्ष सुशीलराज पराजुली, पूर्वसञ्चालक बिलबहादुर गुरुङलगायतको सहभागिता थियो। बैंकले ७ वटै प्रदेशमा ८९ शाखामार्फत कारोबार गर्दै आएको छ।
                            प्रकाशित: २९ फागुन  २०७९ १९:३५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             

