काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई ज्ञापनपत्र बुझाउँदैछ।
रासायनिक मलमा अनुदान कटौती र मूल्यवृद्धिको विरोधमा राप्रपाले आज ७७ वटै जिल्ला प्रशासन कार्यलय पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
किसानहरूका समस्याका बारेमा प्रधानमन्त्रीलाई प्रजिअमार्फत ज्ञापनपत्र बुझाउनेगरी सबै प्रजिअलाई राप्रपाले भेट्न लागेको उनले बताए।
प्रकाशित: ६ चैत २०७९ ८:३० | Monday, March 20, 2023
प्रतिक्रिया





