यस्तो छ फिल्म ‘प्रेमा’को गीत ‘फूल चुडेर’

हिमाल प्रेस १ चैत २०७९ १८:२५ | Wednesday, March 15, 2023
यस्तो छ फिल्म ‘प्रेमा’को गीत ‘फूल चुडेर’

काठमाडौँ– आगामी चैत १७ गतेदेखि प्रदर्शन हुने फिल्म ‘प्रेमा’ को ‘फूल चुडेर’ गीत सार्वजनिक भएको छ। गीत बुधबार काठमाडौँमा कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो।

एसडी योगीको स्वर र सविन एकतारेको शब्द रहेको गीतमा सुशान्त गौतमले संगीत भरेका छन्। गीतको भिडियोमा फिल्मका कलाकार सुवेक्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री फिचर्ड छन्।

गोविन्द सिंह भण्डारी लिखित तथा निर्देशनमा बनेको फिल्ममा अरुण, सुवेक्षा र सृष्टिसँगै विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)लगायत कलाकारको अभिनय छ।

महेश पौडेलले छायांकन गरेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन्।

प्रकाशित: १ चैत २०७९ १८:२५ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast