‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सार्वजनिक

हिमाल प्रेस ३० फागुन २०७९ १८:५७ | Tuesday, March 14, 2023
‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सार्वजनिक

काठमाडौँ- मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ। केही समयदेखि बजारमा देखिएको तरलता संकटसँगै ग्राहकले कर्जा पाउन नसकेको अवस्थामा मुक्तिनाथ विकास बैंकले उक्त योजना सार्वजनिक गरेको हो।

बैंकले कर्जा आवश्यक परेका कुनै पनि ग्राहकले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरूमा सम्पर्क राख्न आग्रह गरेको छ। योजना अन्तर्गत २ करोड रुपैयाँसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जा उपलब्ध हुने बैंकको भनाइ छ।

कर्जा लिन इच्छुकलाई सम्पूर्ण आवश्यक कागजातहरू पूरा गरेको ३ दिनभित्र कर्जा स्वीकृत गरिने बैंकले बताएको छ। कर्जा लिन इच्छुक ग्राहकले बैंकको नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न सक्ने बैंकले बताएको छ।

प्रकाशित: ३० फागुन २०७९ १८:५७ | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast