काठमाडौँ- मुक्तिनाथ विकास बैंकका ग्राहकले सूर्यविनायकका वाइट अरकर्किड सिरसोर्ट र सूर्यविनायक मेडिकल स्टोरमा छुट पाउने भएका छन्। बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई वाइट अरर्किड रिर्सोट र सूर्यविनायक मेडिकल स्टोरका सेवामा छुट दिइने बैंकले जानकारी दिएको छ।
त्यसका लागि दुवै रिसोर्ट र मेडिकलसँग सम्झौता गरिएको बैंकको भनाइ छ। सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले रिर्सोटका फुड, बेभरेज एण्ड एकोभमामा १० प्रतिशत छुट र मेडिकलका विभिन्न सेवामा १० प्रतिशत छूट पाउने बैंकले बताएको छ।
                            प्रकाशित: ५ चैत  २०७९ १८:१२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

