मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आजै शपथ

हिमाल प्रेस १७ चैत २०७९ ७:२७ | Friday, March 31, 2023
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आजै शपथ फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

बिहीबार नै मन्त्रिपरिषद् विस्तार हुने भनिए पनि केही मन्त्रालयमा धेरै दलको दाबी रहेकाले हुन सकेन। आज दलका नेतासँग बैठक बसेर अन्तिमरूप दिएर विस्तार गर्ने तयारी छ।

प्रधानमन्त्रीका सचिवालयका अनुसार आजै दिउँसो ३ बजे नयाँ मन्त्रीको शपथ गर्ने तयारी छ। हालसम्म अर्थ र रक्षा कांग्रेसले र गृह र सञ्चार माओवादी केन्द्रले लिने सहमति छ।

सत्ता साझेदार दलहरुका बीचमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २र२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १र१ मन्त्रालय पाउने समझदारी छ।

प्रकाशित: १७ चैत २०७९ ७:२७ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast