बुटवलमा नेपाल लाइफका अभिकर्तालाई अन्तराष्ट्रियस्तरको प्रशिक्षण

हिमाल प्रेस १५ चैत २०७९ १५:२१ | Wednesday, March 29, 2023
बुटवलमा नेपाल लाइफका अभिकर्तालाई अन्तराष्ट्रियस्तरको प्रशिक्षण

काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुटवलमा आफ्ना अभिकर्तालाई अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण दिएको छ। एक दिने प्रशिक्षण कार्यक्रममा अन्तराष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण गरिएको थियो। प्रशिक्षण कार्यक्रममा करिब ३३० जनाभन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव बिनोद भुजेल, एजेन्सी सर्भिसिङ विभागका प्रमुख सुनिता पोखरेललगायतको सहभागिता थियो।

कार्यक्रमको शुभारम्भ नायब प्रमुख कार्यकारी अधिकृत कयाल र नेसनल सेल्स हेड पोखरेलले गरेका थिए। काम विशेषले विदेशमा रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कार्यक्रममा भर्चुअली उपस्थिति जनाए।

अभिकर्ताको क्षमता विकाशलाई कम्पनीले प्राथिमकितामा राखेको उनले बताए। कम्पनीले हालै सार्वजनिक गरेको ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना’सँग सम्बन्धित प्रस्तुति कम्पनीका नेसनल सेल्स हेड पोखरेलले गरे।

प्रकाशित: १५ चैत २०७९ १५:२१ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast