बीवाईडीका गाडीमा प्रभु बैंकले ऋण लगानी गर्ने

हिमाल प्रेस ९ चैत २०७९ ११:५३ | Thursday, March 23, 2023
बीवाईडीका गाडीमा प्रभु बैंकले ऋण लगानी गर्ने

काठमाडौँ- बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले आफ्ना सवारीसाधनको फाइनान्सिङका लागि प्रभु बैंकसँग सम्झौता गरेको छ।

सम्झौताअनुसार बीवाईडीका विद्युतीय गाडी खरिद गर्दा ग्राहकले प्रभु बैंकमार्फत सहजरूपमा कर्जा पाउनेछन्। बैंकले बीवाईडी गाडीमा मूल्यको ८० प्रतिशतसम्म लगानी गर्ने छ। यसको अवधि पाँच वर्षको हुनेछ।

गाडी कर्जाको सुविधा देशभर रहेका प्रभु बैंकका शाखाले दिने सम्झौतामा जनाइएको छ। साइमेक्स इंक प्रालिका प्रमुख वित्त अधिकारी मेमन धौगाडाले प्रभु बैंकसँगको यस साझेदारीले विद्युतीय सवारीको प्रयोग थप बढ्ने विश्वास रहेको बताए।

उनले भने, ‘बैंकिङ कर्जामार्फत किन्दा बीवाईडी गाडीको पहुँच सबैसामु पुग्नेमा पनि हामी आशावादी छौँ।’
प्रभु बैंकका उपभोक्ता बैंकिङ प्रमुख वीरेन्द्र भट्टले भने, ‘बैंक दिगो विकासमा केन्द्रित भएकाले विद्युतीय गाडीको प्रयोग बढाउन हामीले सहकार्य गरेका हौँ।

प्रकाशित: ९ चैत २०७९ ११:५३ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast