बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, मन्त्रिपरिषद् विस्तारबारे छलफल

हिमाल प्रेस ८ चैत २०७९ १८:३५ | Wednesday, March 22, 2023
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, मन्त्रिपरिषद् विस्तारबारे छलफल फाइल तस्बिर

काठमाडौँ- सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। बैठक मन्त्रालय भागबन्डा केन्द्रित छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।

चैत ६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्‌ विस्ताबारे तयारी भइसकेको बताएका थिए।

प्रतिनिधि सभाको ठूलो दल कांग्रेसले १०, सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले ३/३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीले २/२, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले एक–एक मन्त्रालय दाबी गरिरहेका छन्।

प्रकाशित: ८ चैत २०७९ १८:३५ | Wednesday, March 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast