बढ्दैछन् लुम्बिनी घुम्ने पर्यटक

हिमाल प्रेस ६ चैत २०७९ ९:४५ | Monday, March 20, 2023
बढ्दैछन् लुम्बिनी घुम्ने पर्यटक

काठमाडौँ- लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ। कोभिड-१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने वाह्य तथा आन्तरिक पर्यटकमा कमी भए पनि २०२२ पछि भने वृद्धि भएको हो।

सन् २०१९ सम्म करिब १७ लाख बाह्य र आन्तरिक पर्यटक आउने गरेकोमा कोरोना महामारीका कारण घटेर २०२० मा २ लाख ९२ हजार पर्यटक मात्रै आएको लुम्बिनी विकास कोषले जनाएको छ।

लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले सन् २०२३ को पछिल्लो तीन महिनासम्ममा २५ हजार बढी विदेशी पर्यटक आगमन भएको बताए। उनले २०२१ मा ११९७ जना तेस्रो मुलुक, ४३ हजार ७३२ भारतीय र आन्तरिक ४ लाख ६३ हजार ९६३ पर्यटक आएको बताए। २०२२ मा तेस्रो मुलुकका पर्यटक २३ हजार ९४२, भारतीय २ लाख ३० हजार ८६३ र आन्तरिक ६ लाख ४९ हजार ७८ पर्यटक लुम्बिनी घुम्न आएको बताए।

उनले २०२२ पछि लुम्बिनी घुम्नको लागि आउने आन्तरिक वाह्य तथा भारतीय पर्यटकमा वृद्धि हुँदै गएकाले आगामी दिन बढ्दै जाने आशा जगाएको बताए। उनका अनुसार तिलौराकोट संरक्षित स्मारक क्षेक्रलाई सन् २०२५ सम्म विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने गरी काम अगाडि बढाइएको छ।

‘अहिले पनि वैज्ञानिक तरिकाले उत्खनन, अन्वेषण, भूभौतिक सर्भे, ड्रोन फोटोग्राफी फिल्ड बाकिङ सोसोइकनोमिक सर्भे भिजिटर सर्भे गरी अध्यययन अनुसन्धान गरिएको छ,’ उनले भने, ‘सन् २०२५ सम्म विश्व सम्पदा सूचीमा समावेश गराउने गरी काम गरिरहेका छौँ।’ उनले लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना २ वर्षभित्र सक्ने गरी स्रोत जुटाएर काम गर्ने योजना बनाएको बताए।

प्रकाशित: ६ चैत २०७९ ९:४५ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast