 
                             
                                            पोखरा– पोखराको फेवातालमा डुंगा पल्टिएको छ। ६ जना सवार डुंगा शनिबार दिउँसो ४:१० बजे पल्टिदा एक जना घाइते भएका छन्।
घाइते हुनेमा पोखरा १ बगर निवासी ७० वर्षीया याममाया गिरी हुन्। उनको अवस्था गम्भीर रहेको बताइएको छ। उनको पोखराको गण्डकी मेडिकल, नयाँबजारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण विकले जानकारी दिए।
अन्य ५ जना यात्रुको अवस्था सामान्य रहेको उनले जानकारी दिए।
मन्दिरबीचमा रहेको तालवाराही मन्दिरको दक्षिणी भेगमा एक्कासी डुंगा पल्टिएपछि रेस्क्यु टोलीले उद्धार गरेको हो। हावाहुरीको बेलामा फेवातालमा डुंगा सयर गर्नु जोखिम मानिन्छ। विगतमा डुंगा पल्टिँदा दर्जनौंले ज्यान गुमाएका छन्।
डुंगा चढ्न लाइफ ज्याकेटको व्यवस्था हुने गरेपछि भने डुंगा पल्टिहाले पनि मानवीय क्षति टर्ने गरेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 