 शनिबार फेवातालमा डुंगा दुर्घटनामा परी डुबेकाहरूको उद्धार गर्दै सशस्त्र प्रहरीसहित उद्धार टोली। तस्बिर-विजय उत्सव/हिमाल प्रेस
                            शनिबार फेवातालमा डुंगा दुर्घटनामा परी डुबेकाहरूको उद्धार गर्दै सशस्त्र प्रहरीसहित उद्धार टोली। तस्बिर-विजय उत्सव/हिमाल प्रेस
                                            पोखरा– हावाहुरीका कारण फेवातालमा शनिबार डुंगा पल्टिँदा घाइते एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा १, बगर निवासी ७० वर्षीया वृद्धा यममाया गिरी रहेको प्रहरीले जनाएको छ।
उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेज, पोखरामा मृत्यु भएको कास्की प्रहरीको भनाइ छ।
६ जना सवार डुंगा शनिबार दिउँसो ४ बजेर १० मिनेटमा पल्टिँएको थियो। मन्दिरबीचमा रहेको तालवाराही मन्दिरको दक्षिणी भेगमा एक्कासि डुंगा पल्टिएपछि रेस्क्यु टोलीले अन्य ५ जनाको सकुशल उद्धार गरेको थियो।
उनीहरूको अवस्था सामान्य छ। बेहोस अवस्थामा उद्धार गरिएकी वृद्धालाई उपचारार्थ अस्पताल लगिए पनि उनको साढे ५ बजे चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण बिकले जानकारी दिए।
हावाहुरीको बेलामा फेवातालमा डुंगा सयर गर्नु जोखिम मानिन्छ। विगतमा डुंगा पल्टिदा दर्जनौंले ज्यान गुमाएका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 