प्रधानमन्त्री संसद्‌मा हल्लिँदै आउनुहुन्छ : रघुजी पन्त

हिमाल प्रेस १५ चैत २०७९ १५:०५ | Wednesday, March 29, 2023
प्रधानमन्त्री संसद्‌मा हल्लिँदै आउनुहुन्छ : रघुजी पन्त

काठमाडौँ- एमाले नेता रघुजी पन्तले सरकारको अकर्मण्यता र गतिहीनताले समग्र सांसद्हरूमाथि प्रश्न उठेको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद पन्तले सरकारले प्रतिनिधि सभा बैठकमा विधेयक पेस गर्ने विषयलाई महत्त्व नदिएको बताएका हुन्।

प्रधानमन्त्री स्वयं संसद् बैठकमा उपस्थित हुँदा पनि प्रधानमन्त्रीले पेस गर्ने विधेयक अन्य मन्त्रीले पेस गरेको भन्दै पन्तले त्यस प्रकारको कार्यशैलीको विरोध गरे। प्रधानमन्त्री र मन्त्रीहरूले संसदलाई महत्त्व नदिएको आरोप पन्तको छ। पन्तले भने, ‘यहाँ के देखियो भने प्रधानमन्त्री रमाउँदै, हल्लिँदै आउनुहुन्छ। उहाँलाई सत्ता पक्षका सचेतकहरूले हत्त न पत्त लुकाएर चेम्बरमा लैजानुपर्छ।’

प्रधानमन्त्रीले प्रस्तुत गर्ने विधेयक अर्को मन्त्रीका नाममा रहेकाले यस्तो गर्नुपरेको पन्तको टिप्पणी छ। उनले प्रश्न गरे, ‘आफूले सञ्चालन गर्ने आफ्नो मन्त्रालयसँग सम्बन्धित विधेयक संसद्‌मा पेस गर्ने भन्दा कुनै महत्त्वपूर्ण काम हुन्छ? तर यसले के देखिन्छ भने यो सरकारका मन्त्रीहरूले, यो सरकारका प्रधानमन्त्रीले संसद्लाई कति महत्त्व दिएका छन्?

सरकारको अकर्मण्यता, गतिहीनता, अदूरदर्शिता तथा प्रधानमन्त्री र मन्त्रीहरूले संसद्लाई बेवास्ता गरेका कारणले संसद्‌माथि प्रश्न उठेको पन्तले बताए।

प्रकाशित: १५ चैत २०७९ १५:०५ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast