प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक पनि पाए विश्वासको मत [फोटो फिचर]

हिमाल प्रेस ६ चैत २०७९ १७:३७ | Monday, March 20, 2023
प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक पनि पाए विश्वासको मत [फोटो फिचर]

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन्। पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आज चैत ६ गते दोस्रोपटक संसद्‌बाट विश्वासको मत पाएका हुन्। यसअघि पुस २६ गते मंगलबार पनि विश्वासको मत पाएका थिए। त्यति बेला विश्वासको मत दिएका दल नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएसँगै आज फेरि विश्वासको मत लिएका हुन्।

पुस १० मा नेकपा एमालेसहितको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा उठाएपछि एमालेसँग तिक्तता बढेको थियो। विवाद बढ्दै गएपछि प्रचण्ड एमालेसँगको गठबन्धन टुटाएर कांग्रेसहितको गठबन्धनमा सामेल भए।

सत्ता गठबन्धनमा नभए पनि पुस २६ मा नेपाली कांग्रेसले पनि उनलाई विश्वासको मत दिएको थियो। २७५ सदस्यीय प्रतिनिधिसभामा २६२  जनामात्रै आजको बैठकमा सहभागी थिए। यीमध्ये  १६२ जनाले विश्वासको मतको पक्षमा मतदान गरे।

८९ जना सांसदले भने विपक्षमा मतदान गरे। एक जनाले भने मत दिएनन्। प्रधानमन्त्रीले विश्वासको मतका लागि १३८ सांसदले पक्षमा मतदान गरे पुग्ने थियो। माओवादीका, कांग्रेसका, रास्वपाका, जसपाका, नेकपा एसका, जनमतका, नागरिक उन्मुक्तिका, लोसपाका, जनमोर्चाका, नेसपाका, आम जनताका पार्टीका सांसदले विश्वासको मत दिएका हुन्।

एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले भने विश्वासको मत दिएनन्।

 

प्रकाशित: ६ चैत २०७९ १७:३७ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast