प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्षभन्दा तल राखिनु संविधानविपरीत : शेखर कोइराला

हिमाल प्रेस १४ चैत २०७९ १८:०९ | Tuesday, March 28, 2023
प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्षभन्दा तल राखिनु संविधानविपरीत : शेखर कोइराला फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मर्यादाक्रममा प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्षभन्दा तल राखेर प्रस्ताव गरिएको विधेयक संविधानविपरीत रहेको बताएका छन्।

मंगलबार फेसबुकमा स्टाटस लेख्दै कोइरालाले प्रधानन्यायाधीशलाई संविधानले नै मर्यादाक्रममा सभामुख र राष्ट्रियसभा अध्यक्षभन्दा माथि रहने व्यवस्था गरेको उल्लेख गरेका छन्।

‘संविधानको धारा २८४ ले प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्षभन्दा माथि मर्यादाक्रममा राखेको छ। अन्य लोकतान्त्रिक मुलुकहरूमा पनि प्रधानन्यायाधीशको मर्यादाक्रम यही अनुरुप छ,’ उनले लेखेका छन्, ‘स्मरण रहोस् संविधान निर्माणका समयमा तत्कालीन माओवादीले न्यायालयलाई संसदीय समितिअन्तर्गत राख्ने प्रस्ताव राखेको थियो। तर, कांग्रेसले शक्तिपृथकीकरणको सिद्धान्त विपरीत जान हुँदैन भन्दै न्यायालयलाई स्वतन्त्र राख्नुपर्ने अडान राखेको थियो र त्यही अनुरुप भयो।’

प्रकाशित: १४ चैत २०७९ १८:०९ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast