प्रचण्डविरुद्ध नारा लगाउनेहरू जेल चलान

हिमाल प्रेस १३ चैत २०७९ १४:०९ | Monday, March 27, 2023
प्रचण्डविरुद्ध नारा लगाउनेहरू जेल चलान

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने तीन जना जेल चलान भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनै जनालाई पाँच/पाँच हजार रुपैयाँ धरौटी माग गरेको थियो। उनीहरूले धरौटी नतिर्ने अडान लिएपछि जेल चलान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

नाराबाजी गर्दा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का पक्राउ परेका थिए।

चैत ७ गते काठमाडौँको नयाँ बानेश्वरमा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस सम्बन्धी कार्यक्रममा पुगेका प्रचण्डविरुद्ध युवाहरूले नाराबाजी लगाएका थिए। प्रचण्डविरुद्ध नाराबाजी गर्दा प्रहरीले युवाहरूको मुख थुनेको थियो।

‘आतंककारी प्रचण्ड मुर्दावाद’ भन्दै प्रधानमन्त्रीविरुद्ध बानेश्वरमा नाराबाजी

 

प्रकाशित: १३ चैत २०७९ १४:०९ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast