 
                             
                                            पोखरा– वैज्ञानिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले पोखरामा हिमालय साइन्स फेस्टिभल हुने भएको छ।
हिमालय साइन्स फाउन्डेसन आयोजनामा ०८० जेठ ४ र ५ मा पोखरामा फेस्टिभल हुने बिहीबार पत्रकार सम्मेलनमा अध्यक्ष आतंक बस्नेतले बताए।
फेस्टिभलमा फोहोर परियोजना, अपांगलाई सहयोग गर्ने प्रविधि, दैनिक जीवनमा आउने समस्या समाधानका हार्डवेयर उपकरण, कृषि औजार तथा उपकरण, ऊर्जाका विकल्प, खोलाबाट पानी तान्ने प्रविधिलगायत विषयमा प्रविधि केन्द्रित हुनुपर्नेछ।
प्रदेशमा उत्कृष्टलाई छानेर केन्द्रमा लगिनेछ। यस्तो फेस्टिभल सातै प्रदेशमा हुनेछ। यसअघि लुम्बिनीको नेपालगन्जमा भइसकेको छ।
आयोजकले ०६६ माघमा पहिलो संस्करण गरेकोमा कोरोनाले पछि सारेको हो।
                            प्रकाशित: १८ फागुन  २०७९ १५:४८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 