फाइल तस्बिर
काठमाडौँ- पृथ्वीराजमार्गअन्तर्गत विमलनगरदेखि घाँसीकुवासम्मको पूर्वी सडक खण्ड विस्तार गर्नुपर्ने भएकाले दैनिक चार घन्टा बन्द हुने भएको छ। यही फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द गर्न लागिएको हो।
अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारीसाधान सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए। जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरी सुरक्षित तरिकाले सडक विस्तार कार्य गर्नुपर्ने भएकाले आवागमन बन्द गरिएको उनले बताए।
पूर्वी खण्डमा करिब ४० किलोमिटर सडक विस्तारको कार्य तीव्र गतिमा भइरहेको छ। आगामी वैशाखभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएअनुसार निर्माण अघि बढाइएको हो।
प्रकाशित: २९ फागुन २०७९ १३:१८ | Monday, March 13, 2023
प्रतिक्रिया




