पूर्वराजासँग राप्रपाका नेताहरूको भेटवार्ता, के भयो कुराकानी?

हिमाल प्रेस ८ चैत २०७९ १६:१८ | Wednesday, March 22, 2023
पूर्वराजासँग राप्रपाका नेताहरूको भेटवार्ता, के भयो कुराकानी?

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूबीच भेटवार्ता भएको छ। झापामा रहेका शाहसँग लिङ्देन, डा.प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्रले आज बुधबार भेटेका हुन्।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राजसंस्थालाई बोक्ने पार्टीका नेताले पूर्वराजासँग भेटेर कुरा गर्नु सामान्य भएको बताए।

‘हाम्रो पार्टीले राजसंस्थालाई आफ्नो अग्रभागमा राखेर अघि बढेको छ। त्यही भएर नै पूर्वराजासँग नेताहरूले समय मिलाएर कुरा गरिरहनुहुन्छ। आजको भेट पनि त्यस्तै हो,’ उनले हिमालप्रेससँग भने, ‘वर्तमान राजनीतिसँगै अन्य समसामयीक विषयमा नेताहरू र पूर्वराजाबीच कुरा भयो।’

नेताहरू र पूर्वराजाबीच  दुई घण्टाबढी कुराकानी भएको बताइएको छ।

राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका रवीन्द्र मिश्रले फागुन १६ गते पनि पूर्वराजासँग भेटेका थिए।

पूर्वराजासँग भेटेपछि रवीन्द्र मिश्रले भने : राजसंस्थालाई क्षमा दिऔँ

 

प्रकाशित: ८ चैत २०७९ १६:१८ | Wednesday, March 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast