पूँजीबजारमा चाप परेकाले तत्काल लगानी गर्न संयमता अपनाउनुपर्छ : अध्यक्ष हमाल

हिमाल प्रेस १५ चैत २०७९ २१:१९ | Wednesday, March 29, 2023
पूँजीबजारमा चाप परेकाले तत्काल लगानी गर्न संयमता अपनाउनुपर्छ : अध्यक्ष हमाल

काठमाडौँ- नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सबै तिरबाट पूँजीबजारमा चाप परेकाले तत्कालका लागि संयमता अपनाउनुपर्ने बताएका छन्। उनले लगानीकर्ताहरूलाई तत्काल लगानीका लागि संयमता अपनाउन आग्रह पनि गरे।

बुधबार काठमाडौँमा पूँजीबजार लगानीकर्ता संघहरूले आयोजना गरेको ‘समृद्ध नेपालको आधारः पूँजीबजार सुधार’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले लगानीका लागि संयमता अपनाउन आग्रह गरे।

सरकारले पूँजीबजारको दिगो विकास र विस्तारका लागि धेरै काम भइरहेको भन्दै पूँजीबजारमा सुनौलो दिन आउने बताए। पूँजीबजार विभिन्न कारणले चापमा रहेको भन्दै यस्तो अवस्थामा लगानीकर्ताहरू निराशा नभएर संयमता अपनाउन उनको आग्रह थियो।

विश्व अर्थतन्त्रमा देखिएको संकट, बजारमा बैंकिङ तरलता अभावलगायत कारण पूँजीबजारमा पनि प्रभाव परेको उनको भनाइ थियो। सरकारले पूँजीगत खर्च वृद्धि गर्न नसक्दा बजारमा तरलता अभाव भएको भन्दै त्यसले पूँजीबजारमा समेत असर पारेको उनले बताए।

प्रकाशित: १५ चैत २०७९ २१:१९ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast