नेपाल लाइफको पात्रो सार्वजनिक

हिमाल प्रेस १७ चैत २०७९ ११:११ | Friday, March 31, 2023
नेपाल लाइफको पात्रो सार्वजनिक

काठमाडौँ- जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० सालको पात्रो सार्वजनिक गरेको छ।

केन्द्रीय कार्यालय कमलादीमा आयोजित समारोहमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल, प्रमुख सञ्चालन अधिकृत ओमप्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेमप्रसाद रेग्मीले संयुक्त रूपमा पात्रो सार्वजनिक गरेका हुन्।

पात्रो सम्पूर्ण बिदाको सूची, पर्व, दिवस, पञ्चाङ्ग तिथि र तारिखसमेत समावेश गरिएको छ।
नेपाल लाइफले ‘किनकि जीवन अमुल्य छ’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै २२ वर्षदेखि सेवा प्रवाह गरिरहेको छ। यो पुस मसान्तसम्म कम्पनीको लगानी १ खर्ब ५६ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ।

जीवन बिमा कोष १ खर्ब ५० अर्ब ८५ करोड र सेयरधनी कोष ९ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।

प्रकाशित: १७ चैत २०७९ ११:११ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast