नेपाललाई विश्वकपमा पुर्‍याउने क्रिकेटरलाई सुदूरपश्चिम सरकारको जनही एक लाख

हिमाल प्रेस २९ फागुन २०७९ ८:३९ | Monday, March 13, 2023
नेपाललाई विश्वकपमा पुर्‍याउने क्रिकेटरलाई सुदूरपश्चिम सरकारको जनही एक लाख

काठमाडौँ- यू-१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउने सफल भएका क्रिकेटरहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

हालै यूएईमा सम्पन्न एसिया छनोटमा अपराजित रहँदै च्याम्पियन बनेको नेपाल सन् २०२४ मा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो। नेपालको उक्त टोलीका सदस्य रहेका सुदूरपश्चिम घर भएका पाँच खेलाडीले प्रतिनिधित्व गरेका थिए।
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयबाट उक्त टोलीमा प्रतिनिधित्व गरेका पाँच खेलाडी जनही एक लाख र चार टोली अफिसियललाई जनही ५० हजार दिने घोषणा गरेको हो।

प्रकाशित: २९ फागुन २०७९ ८:३९ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast