निजामती कर्मचारी अस्पताल र आन्दोलनरत पक्षबीच सहमति

हिमाल प्रेस १४ चैत २०७९ ७:४८ | Tuesday, March 28, 2023
निजामती कर्मचारी अस्पताल र आन्दोलनरत पक्षबीच सहमति फाइल तस्बिर।

काठमाडौँ- निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक/कर्मचारीबीच छ बुँदे सहमति भएको छ।
सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका कार्यक्रम सबै फिर्ता भएको अस्पतालका उपसचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिए।

उनले आजैदेखि अस्पताल प्रशासनमा लगाइएको ताला र चिकित्सकरकर्मचारीले गर्दै आएको अनशन पनि तोडिएको बताए।

उनका अनुसार निजामती कर्मचारी अस्पताल (कर्मचारीको सेवाका सर्त र सुविधा) विनियमावली र निजामती कर्मचारी अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षणमा आवश्यक संशोधन तथा परिमार्जन चिकित्सक, कर्मचारी र कर्मचारी युनियनको प्रतिनिधित्वमा एक महिनाभित्र पेस गर्नेमा सहमति भएको छ।

अस्पतालको समग्र गुणस्तर सुधारका लागि सबै पक्षको सहभागी गराउने, ज्यालादारीमा कार्यरत कर्मचारीको सम्बन्धमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखी स्वीकृत करार कार्यविधि, २०७८ अनुसार स्वीकृत दरबन्दीमा पदपूर्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको छ।

कार्यविधिबमोजिम हाल करारमा कार्यरत (परीक्षामा सहभागी नहुनेसमेत) चिकित्सक र कर्मचारीलाई प्राथमिकता दिई सेवाको सुनिश्चिता गर्न निजामती कर्मचारी अस्पताल विकास समितिमा पेस गर्ने पनि सहमति भएको छ।

यस्तै अस्पतालको समग्र गुणस्तर, सेवाप्रवाहमा सुधार र सेवाप्रवाहमा निरन्तरता दिने एवं निजामती कर्मचारी मैत्री अस्पतालमा रूपान्तरण गर्न ऐक्यबद्धता जारी गर्ने सहमति भएको छ। अस्पतालमा केही दिनदेखि चिकित्सक, कर्मचारीले विभिन्न छ बुँदे माग राखी अनशन बस्दै अस्पताल प्रशासनमा तालाबन्दी गरेका थिए।

प्रकाशित: १४ चैत २०७९ ७:४८ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast