गृहमन्त्री माओवादीको भागमा, एकीकृत समाजवादीलाई भौतिक पूर्वाधार

हिमाल प्रेस १५ चैत २०७९ १३:४४ | Wednesday, March 29, 2023
गृहमन्त्री माओवादीको भागमा, एकीकृत समाजवादीलाई भौतिक पूर्वाधार फाइल तस्बिर।

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिने भएका छन्।

आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एकीकृत समाजवादीलाई भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति भएसँगै श्रेष्ठलाई गृह मन्त्रीको जिम्मेवारी पाउने भएका हुन्।

माओवादी उच्च स्रोतका अनुसार संघीय मामिला मन्त्री अमनलाल मोदीको समेत मन्त्रालय हेरफेर हुने भएको छ। अन्य माओवादीले पाएका मन्त्रालय र मन्त्रीहरू यथावत् हुने भएका छन्। मन्त्रीपरिषद् बिस्तार दुई चरणमा हुने भएको छ।

आज केही महत्वपूर्ण मन्त्रालयमा मन्त्री पठाउने र सातदिनभित्र अन्य मन्त्री तोक्ने सहमति भएको छ। पहिलो चरणका मन्त्रीको नाम आज बेलुका बस्ने गठबन्धन बैठकले टुंग्याउने बताइएको छ। यता कांग्रेसलाई भने अर्थलगायतका मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी छ।

गठबन्धनका सबै दलले मन्त्रालयमा दाबी गरेसँगै मन्त्रिपरिषद् बिस्तार पेचिलो बनेको छ।

प्रकाशित: १५ चैत २०७९ १३:४४ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast