 काठमाडौँ उपत्यका
                             काठमाडौँ उपत्यका
                                            काठमाडौँ- नेपालमा साढे पचहत्तर लाखभन्दा बढी घर संरचना रहेको पाइएको छ। १२ औँ राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनमा यो तथ्य उल्लेख छ।
जनगणनाको नतिजाअनुसार देशभर ७५ लाख ५२ हजार ०६६ वटा घर संरचना छ। तीमध्ये आवासका लागि प्रयोग भएका घर ७१.७ प्रतिशत छन्। यस्तै गोठ/धन्सार/मतान १०.१ प्रतिशत छन् भने खाली घर ६.३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
साथै भान्सा घर ५.९ प्रतिशत, व्यापारिक भवन ३.१ प्रतिशत, शैक्षिक भवन १.१ प्रतिशत छ। उद्योग/कलकारखाना र संस्थागत तथा सरकारी भवन ०.४/०.४ प्रतिशत, होटल तथा लज ०.३ प्रतिशत, स्वास्थ्यजन्य भवन ०.२ प्रतिशत र बैंक तथा वित्तीय संस्थाका भवन ०.१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
                            प्रकाशित: १० चैत  २०७९ ११:३३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             ![२ करोड ९१ लाख ६४ हजार ५७८ नेपाली [प्रतिवेदनसहित]](https://himalpress.com/wp-content/uploads/chunck/03/bazaar1_1650969640.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 