दलित समुदाय केन्द्रित कार्यक्रम छिटै घोषणा हुन्छ : प्रधानमन्त्री दाहाल

हिमाल प्रेस ७ चैत २०७९ १६:०२ | Tuesday, March 21, 2023
दलित समुदाय केन्द्रित कार्यक्रम छिटै घोषणा हुन्छ : प्रधानमन्त्री दाहाल फाइल तस्बिर

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटै दलित समुदाय लक्षित कार्यक्रम घोषणा गर्ने बताएका छन्। जातीय छुवाछुतविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा दलित संघर्ष समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन्।

दलितहरूको हकअधिकार कसैसँग मागेर नभई लडेर ल्याएको भन्दै उनले त्यसको रक्षाका लागि आफू सधैँ तत्पर रहेको पनि बताए।

उनले दलित समुदायका माग पूरा गर्नसक्ने नेता आफू मात्रै भएको पनि दाबी गरे। ‘जे जति माग दलित समुदायबाट आएको छ आजको मितिमा कसैले पूरा गर्छन् भने मैले हो,’ उनले भने, ‘अरुले गर्न सक्दैनन्। दलितहरूले सम्झने गरी केही कार्यक्रम घोषणा गर्छु। दयाको भिख मागेर अधिकार पाइने कुरा होइन। भिख मागेर अधिकार पाइँदैन खोसेर लिने हो। जेजति अधिकारको पाएका छन् त्यो लडेर प्राप्त गरेका हुन्।’

प्रकाशित: ७ चैत २०७९ १६:०२ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast