दयाहाङ राई अभिनीत ‘जारी’ र ‘बिहे पास’को ट्रेलर एकैदिन सार्वजनिक

हिमाल प्रेस १० चैत २०७९ १५:३३ | Friday, March 24, 2023
दयाहाङ राई अभिनीत ‘जारी’ र ‘बिहे पास’को ट्रेलर एकैदिन सार्वजनिक

काठमाडौँ- नयाँ वर्ष अर्थात् आगामी वैशाख १ गते प्रदर्शन हुने फिल्म ‘जारी’ र ‘बिहे पास’ले एकैदिन ट्रेलर सार्वजनिक गरेका छन्। आज (शुक्रबार) ‘बासुरी फिल्मस्’ युट्युब च्यानलबाट ‘जारी’ र ‘बुढा सुब्बा डिजिटल युट्युब’ च्यानलबाट ‘बिहे पास’को ट्रेलर सार्वजनिक गरिएको हो।

कोरोनाको कारण लामो समयदेखि फिल्म प्रदर्शन रोकिएको भन्दै निर्माताहरूले एकैदिन प्रदर्शन मिति घोषणा गरेका हुन्। दुवै फिल्मले सामाजिक कथालाई उठाएका छन्।

‘जारी’ को ट्रेलरमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, लेख लिम्बु, कमलमणि नेपाललगायत कलाकार अटाएका छन्। उपेन्द्र सुब्बा निर्देशित ‘जारी’ फिल्म निमेश श्रेष्ठको सम्पादनमा बनेको हो।

त्यस्तै प्रवेश पौडेल निर्देशित फिल्म हो ‘बिहेपास’। सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार दयाहाङ र प्रकृति श्रेष्ठसहित बुद्धि तामाङ, शिशिर वाङदेल, रविन्द्र झालगायत देख्न सकिन्छ।

योसँगै वैशाख १ गते नै विकासराज आचार्य निर्देशित ‘नाईं न भन्नु ल ६’ र लक्ष्मण सुनार निर्देशित ‘बुलाकी’ पनि आउने तयारीमा छन्।

प्रकाशित: १० चैत २०७९ १५:३३ | Friday, March 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast