चन्दा संकलन गरेर भवन निर्माण

हिमाल प्रेस २९ फागुन २०७९ ८:०० | Monday, March 13, 2023
चन्दा संकलन गरेर भवन निर्माण सांकेतिक तस्बिर

खोटाङ- खोटाङमा बसोबास गर्ने दाहाल समयुदायले चन्दा संकलन गरेर आफ्नो कार्यालय भवन बनाएका छन्।
सो समुदायले २४ लाख ४४२ रुपैयाँ खर्चमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित गैरीगाउँमा पक्की कार्यालय भवन निर्माण गरेका हुन्।

यसका लागि सोल्माका स्थानीय रामबहादुर दाहालले निःशुल्क उपलब्ध गराएको ६ आना जग्गामा दाहाल कार्यालय भवन निर्माण गरिएको दाहाल प्रतिष्ठानका जिल्ला अध्यक्ष मिनकुमार दाहालले बताए ।

प्रतिष्ठानको कार्यालय भवन विक्रम संवत् २०७७ फागुन २३ गते शिलान्यास गरिएको थियो ।

कार्यालय भवन निर्माणका लागि जिल्ला तथा जिल्ला बाहिर विभिन्न स्थानमा बसोबास गर्दै आएका २७१ दाहाल बन्धुबाट २६ लाख ४८ हजार ९७२ रकम संकलन भएको जनाइएको छ। भवन निर्माणका लागि १०० देखि १ लाख ११ हजार १११ रुपैयाँसम्म सहयोग प्राप्त भएको प्रतिष्ठानले जनाएको छ।

नवनिर्मित भवनको प्रतिष्ठानका केन्द्रीय सदस्य सीताराम दाहालले शनिबार शुभारम्भ गरे। सो अवसरमा भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने दातालाई सम्मान समेत गरिएको थियो।

प्रकाशित: २९ फागुन २०७९ ८:०० | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast