ग्लोबल आइएमई बैंकको चित्रकलामा आधारित पात्रो

हिमाल प्रेस १० चैत २०७९ १७:०९ | Friday, March 24, 2023
ग्लोबल आइएमई बैंकको चित्रकलामा आधारित पात्रो

काठमाडौँ– ग्लोबल आईएमई बैंक लिमिटेडले मण्डल चित्रकलामा आधारित पात्रो सार्वजनिक गरेको छ।

शुक्रबार बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सञ्चालकहरू रामबहादुर भण्डारी, मदनलाल जोशी, देवेन्द्रप्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मण्डल चित्र कलाकारद्वय भाइराजा शाक्य तथा ङवाङ लामाले संयुक्तरूपमा पात्रो सार्वजनिक गरेका हुन्।

ग्लोबल आईएमई बैंकले हरेक वर्ष प्रकाशित गर्ने आफ्नो पात्रोमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको छ।

बैंकका अध्यक्ष ढकालले मण्डल चित्रकला समावेश गरिएको पात्रोले कलाको प्रवर्द्धनका साथै कलाकारको सम्मानमा योगदान पुग्ने बताए। उनले भने, ‘मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैंक स्थापनाकालदेखि नै सक्रिय छ। आगामी दिनमा पनि लोककला, संस्कृति र कलाकारलाई प्रवर्द्धनमा बैंक प्रतिबद्ध हुनेछ।’

चित्रकलामा दुई दशकदेखि सक्रिय कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले तयार पारेको चित्रकलालाई पात्रोमा समावेश गरिएको प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले जानकारी दिए।

प्रकाशित: १० चैत २०७९ १७:०९ | Friday, March 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast