‘गणपति’को पोस्टर सार्वजनिक, जेठ ५ गतेदेखि प्रदर्शनमा

हिमाल प्रेस ७ चैत २०७९ १७:४७ | Tuesday, March 21, 2023
‘गणपति’को पोस्टर सार्वजनिक, जेठ ५ गतेदेखि प्रदर्शनमा

काठमाडौँ- नेपाली फिल्म ‘गणपति’को पहिलो पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा पोस्टर सार्वजनिक गर्दै आगामी जेठ ५ गतेदेखि फिल्म प्रदर्शनमा आउने जानकारी गराएको छ।

पोस्टरमा अगाडि गणेशको अनुहार झल्किने मुकुण्डो लगाएका व्यक्तिलाई देख्न सकिन्छ। दायाँबायाँ फिल्मका प्रमुख कलाकार मुकुन भुषाल र मेनुका प्रधान छन्। सबिन अधिकारीको लेखन तथा निर्देशनमा फिल्म बनेको हो।

फिल्ममा मेनुका र मुकुनसहित कलाकार कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेललगायतको अभिनय छ।

तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा छायांकन गरिएको हो। लक्ष्मण थापाले निर्माण गरेको फिल्ममा फिल्ममा हरिबहादुर घलेको छायांकन छ।

 

प्रकाशित: ७ चैत २०७९ १७:४७ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast