कोशी प्रदेशमा वर्षाको सम्भावना

हिमाल प्रेस ८ चैत २०७९ ७:०२ | Wednesday, March 22, 2023
कोशी प्रदेशमा वर्षाको सम्भावना फाइल तस्बिर।

काठमाडौँ- हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: ८ चैत २०७९ ७:०२ | Wednesday, March 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast