कर्णाली प्रदेशसभा बैठक बस्दै

हिमाल प्रेस १४ चैत २०७९ ७:३९ | Tuesday, March 28, 2023
कर्णाली प्रदेशसभा बैठक बस्दै

काठमाडौँ- कर्णाली प्रदेशसभाको बैठक बस्दैछ। आजको बैठकमा दुई विद्येयकमा टेबुल हुने भएका छन्। सभामुख नन्दा गुरुङको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय बैठकले नवौँ बैठकमा दुईवटा विधेयकमा टेबुल गर्ने निर्णय गरेको हो।

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेश खेलकुद विकास ऐन, ०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएको आन्तरिक मामिला तथा कानुनमन्त्री तथा सरकार प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिएका छन्।

उक्त विधेयककहरू सभाको नवौ बैठकमा टेबुल हुने प्रदेश सभा सचिवालयले जनाएका छ। सभाको ८ औँ बैठक चैत्र १४ गते मंगलबार दिउँसो ३ बजे बस्ने छ।

प्रकाशित: १४ चैत २०७९ ७:३९ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast