सुर्खेत– कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि (बिहीबार) सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले चैत १६ गते बिहीबार शुक्ल नवमी (राम नवमी)का अवसरमा कर्णाली प्रदेशका १० वटै जिल्लामा सार्वजनिक बिदा दिएको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम चैत १६ प्रदेशस्थित सबै सरकारी, सार्वजनिक संघसंस्थामा बिदा दिइएको बताए।
कर्णाली प्रदेशको विशेष गरी जुम्ला जिल्लामा बारुवाँ (चैत १२) गते मार्सी धानको बेर्नाका लागि खोला वा नदी किनारमा भिजाइएको मार्सीको बीउ घरमा ल्याएर चुल्हो नजिक राखी तताउने र टुसा निकालेर आलीमा छर्नयोग्य बनाउने चलन छ।
प्रकाशित: १५ चैत २०७९ १२:५५ | Wednesday, March 29, 2023
प्रतिक्रिया




