ओलीलाई गगनको जवाफ : २०८४ को चुनावअघि एमालेसँग सहकार्य सम्भव छैन

हिमाल प्रेस २५ फागुन २०७९ १४:००
ओलीलाई गगनको जवाफ : २०८४ को चुनावअघि एमालेसँग सहकार्य सम्भव छैन फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँगको सहकार्य तत्काल सम्भव नभएको बताएका छन्। केपी ओलीले कांग्रेस र एमालेबीच सहकार्य हुन सक्ने बताएपछि थापाले जवाफ दिएका हुन्।
थापाले २०८४ को आम निर्वाचनअघि एमालेसँग सत्ता सहकार्य नहुने बताए।

‘एउटै कुरामा एउटै पार्टीलाई कतिपटक धोका दिने? पुस १० गते उहाँले के गर्नुभयो भन्ने त सबैलाई थाहा भइसक्यो,’ थापाले भने,‘२०८४ को चुनावपछि उहाँ प्रमुख प्रतिपक्षीको नेता हुनुहुन्छ। हामी सहकार्यको प्रस्ताव लिएर बालकोट भेट्न जान्छौं, त्योभन्दा अघि सम्भव छैन।’

एमाले र कांग्रेस एक ठाउँमा हुन सक्छौँ : ओली

 

प्रकाशित: २५ फागुन २०७९ १४:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast