एनआईसी एशिया बैंकद्वारा घातक रोग बीमाको भुक्तानी

हिमाल प्रेस ३० फागुन २०७९ १५:४० | Tuesday, March 14, 2023
एनआईसी एशिया बैंकद्वारा घातक रोग बीमाको भुक्तानी

काठमाडौँ- एन आई सी एशिया बैंकले घातक रोग बीमाबापतको भुक्तानी गरेको छ। बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बचत खाता खोलेकी अन्नु श्रेष्ठलाई घातक रोग बीमाबापत १० लाख रुपैयाँ भुक्तानी गरेको हो।

बैंकको जावलाखेल शाखामा ‘सर्बश्रेष्ठ बचत खाता योजना अन्तर्गत’ सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेकी श्रेष्ठलार्ई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे।

बैंकले सो रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरिएको बताएको छ। बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका २०८० जना भन्दा बढी ग्राहकले घातक रोग बीमाबापत ३ रुपैयाँ भुक्तानी लिइसकेका बैंकको भनाइ छ।

प्रकाशित: ३० फागुन २०७९ १५:४० | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast