एनसेलले ल्यायो ‘मज्जाको प्लान’ घोषणा

हिमाल प्रेस २ चैत २०७९ १९:०८ | Thursday, March 16, 2023
एनसेलले ल्यायो ‘मज्जाको प्लान’ घोषणा

काठमाडौँ- निजीक्षेत्रको मोबाइल सेवा प्रदायक एनसेल आजियाटाले ‘मज्जाको प्लान’ घोषणा गरेको छ। कम्पनीले प्रिपेड ग्राहकको आवश्यकताअनुसार डेटा र भ्वाइस सेवाको ‘बन्डल’ रहेको नयाँ प्रिपेड स्टार्टर प्याक घोषणा गरेको हो।

नयाँ स्टार्टर प्याक ‘मज्जाकोे प्लान’ शुक्रबारदेखि सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ। उक्त प्लान खरिद गर्न इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारीक प्वाइन्ट अफ सेल्स (पीओएस) मा सम्पर्क गर्न पनि कम्पनीले जानकारी दिएको छ।

ग्राहकले उक्त स्टार्टर प्याक करसहित ५९९ रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीको भनाइ छ। प्याकअन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम पाउनेछन्। उक्त डेटा र टक टाइम सिम सुचारु भएको दिनदेखि २८ दिनका लागि मान्य हुनेछ।

यो प्लान सुचारु गर्ने ग्राहकले २ सय वा सोभन्दा माथिको रिचार्जमा बोनस पनि पाउने कम्पनीको भनाइ छ। ग्राहकले २ सय रुपैयाँदेखि ४ सय ९९ रुपैयाँको रिचार्जमा ५ प्रतिशत बोनस क्यासब्याक पाउने सक्ने र ५०० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा १० प्रतिशत बोनस पाउने कम्पनीको भनाइ छ।

प्लान सुचारु गर्ने ग्राहकले आकर्षक डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान ५९९ रुपैयाँमा आफ्नो आवश्यकताअनुसार सिम खरिद गरेको दिनदेखि ९० दिनसम्म जति पटक पनि खरिद गर्न सक्ने कम्पनीको भनाइ छ।

त्यस्तै प्रिपेड ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकताअनुसार सञ्चालनमा रहेका अन्य भ्वाइस तथा डेटाको विभिन्न प्याकहरू एनसेल एप तथा अन्य माध्यमहरू एसएमएस र यूएसएसडीबाट सुचारु गर्न सक्ने कम्पनीको भनाइ छ।

प्रकाशित: २ चैत २०७९ १९:०८ | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast