एनएमबि बैंकले १५ वर्षका लागि ११.९९ प्रतिशतमा घर कर्जा दिने

हिमाल प्रेस ३ चैत २०७९ १६:२२ | Friday, March 17, 2023
एनएमबि बैंकले १५ वर्षका लागि ११.९९ प्रतिशतमा घर कर्जा दिने

काठमाडौँ– एनएमबि बैंकले १५ वर्षका लागि ११.९९ प्रतिशत स्थिर ब्याजदरसहित घर कर्जा योजना घोषणा गरेको छ।

यो कर्जाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनासमेत मद्दत पुर्‍याउने बैंकले जनाएको छ।

यस योजनाअनुसार कर्जा लिँदा ग्राहकले १५ वर्षसम्म ब्याजदर एउटै पाउनेछन्। ब्याजदरको उतारचढावले यस योजनालाई कुनै प्रभाव पर्ने छैन।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले स्थिर ब्याजदरले ग्राहकलाई दीर्घकालीन वित्तीय भुक्तानी र व्यवस्थापनमा सघाउने बताए। ‘यसले ग्राहकलाई निकै सहज हुनेछ भन्ने बैंकको विश्वास हो,’ उनले भने।

प्रकाशित: ३ चैत २०७९ १६:२२ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast