एनएमबि बैंकले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई नगद पुरस्कार दिने

हिमाल प्रेस १ चैत २०७९ २१:१८ | Wednesday, March 15, 2023
एनएमबि बैंकले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई नगद पुरस्कार दिने

काठमाडौँ- विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई एनएमबि बैंकले पुरस्कार दिने भएको छ। राष्ट्रिय क्रिकेट टिमका १६ जना खेलाडीलाई जनही २१ हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा बैंकले बुधबार गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले खेलाडीहरू राष्ट्रका गौरव रहेकाले खेलाडीको मनोबल उच्च बनाउन सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगति बताए। सोही कुरालाई मध्येनजर गर्दै १६ जना खेलाडीलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले पुरस्कार दिन लागेको उनले बताए।

२०१९ देखि सुरु भएको विश्व क्रिकेट लिग–२ को कुल ३५ खेलमा १८ म्याचमा जितसहित चौथो स्थानमा छ। बिहीबार हुन लागेको अन्तिम लिगको खेलमा नेपालले यूएईसँग खेल्ने तालिका छ।

एनएमबि बैंकले पुरस्कारबापतको रकम १६ खेलाडीको नाममा बैंक खाता खोलि खातामार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृत केसीले बताए।

प्रकाशित: १ चैत २०७९ २१:१८ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast