काठमाडौँ– एनआईसी एशिया बैंकले एसएमटूसँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ।
बैंकले कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउनका निमित्त आफ्नै पूर्वाधार बनाएको हो। यस स्वीचको मद्दतले एनआईसी बैंकका पस तथा एटीएम मेसिनबाट हुने कारोबार थप सुरक्षित र सरल बन्नेछ।
एनआईसी एशिया बैंकले ‘डिजिटल फस्ट बैंक’ भन्ने अवधारणा बनाएको छ। यही अवधारणामा आफ्नै स्वीच सुरुवात गरिएको बैंकले जनाएको छ।
यस बैंकका मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०७ विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ एकाई छन्।
प्रकाशित: १६ चैत २०७९ १३:१८ | Thursday, March 30, 2023
प्रतिक्रिया



