आजदेखि बढ्यो डीडीसी दूधको मूल्य

हिमाल प्रेस २ चैत २०७९ ७:२२ | Thursday, March 16, 2023
आजदेखि बढ्यो डीडीसी दूधको मूल्य प्रतीकात्मक तस्बिर।

काठमाडौँ- सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आजदेखि लागू हुने गरी दूधको मूल्य बढाएको छ।

संस्थानले बिहीबारदेखि लागू हुने गरी उपभोक्ताका लागि सबै ४ प्रकारको दूधको मूल्यमा ११ देखि १६ रुपैयाँसम्म बढाएको हो । निजी डेरी संगठनले यसअघि नै दूधको मूल्य बढाई सकेका छन्।

मन्त्रिपरिषद् निर्णय अनुसार वृद्धि भएको मूल्यमा संस्थानले किसानबाट दूध खरिद गरिसकेको छ। आजबाट उपभोक्ताले नयाँ मूल्य अनुसारको दूध पाउनेछन्,’डीडीसीका महाप्रबन्धक सञ्जीव झाले भने।

उनका अनुसार अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैयाँ पुगेको छ । यसअघि सो दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो।

त्यस्तै, गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँमा बिक्री गर्नेछ भने चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँमा अब उपभोक्ताले खरिद गर्नुपर्नेछ।

क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ। जसअनुसार अबदेखि हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्न जानेछ।

सरकारले यसअघि किसानले पाउने दूधको न्यूनतम मूल्य १० रुपैयाँ बढाएको थियो, जसअनुसार किसानले प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा पाउन थालेका थिए।

प्रकाशित: २ चैत २०७९ ७:२२ | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast